५ चैत्र २०८२, बिहिबार | March 20, 2026

उपमहागरका नागरिक भन्छन् -‘उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’



दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए । “हामी उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको छैन”, उनले भने, “तर हामीले उपमहानगरपालिकाको अनुभूति नै गर्न पाएको अवस्था छैन ।”

वडा नं १ मा मात्रै पाँच÷सातवटा त्यस्ता बस्ती रहेको उनले बताए । त्यहाँ तत्काल विद्युत्, खानेपानी, सडक पु¥याउनुपर्ने अपरिहार्य रहेको तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाले बताए ।

ती गाउँमा करिब दुई सय बढी घरपरिवार रहेका छन् । उपमहानगरपालिकाभित्रका यस्ता बस्तीलाई लक्षित गरी विकासको मोडेल तयार पार्ने उपप्रमुख स्यानी चौधरीले बताइन् । “अझै पनि उपमहानगरपालिकाका विकट–विकट क्षेत्रले विकासको अनुभूति गर्न पाएको अवस्था छैन”, उनले भनिन्, “ती बस्तीमा लक्षित गरी विकास पु¥याउन हामी पहल गर्छौँ ।”

सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता कुरालाई बढी प्राथमिकता दिने उनको भनाइ छ । सडक सञ्जाल नहुँदा बजार आवतजावत गर्न पनि निकै कठिन हुने गरेको तुलसीपुर–१ बयाले निवासी चक्रपानी उपाध्यायले बताए । “बजार आउने–जाने काम परिरहन्छ”, उनले भने, “सडक सञ्जाल गतिलो नहुँदा हिँडेरै बजार जानुपर्छ ।” ती गाउँमा सडकको ट्रयाक खोलिएको भए पनि गाडी जान सक्दैनन् । मर्मत तथा स्तरोन्नति हुनसकेको अवस्था छैन ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : १३ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको