२५ असार २०८३, बिहिबार | July 10, 2026

तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम



तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ ।

शिक्षकलाई तीन दिने तालिम प्रदान गरेपछि ती शिक्षकले विद्यालयमा विद्यार्थीलाई अक्षर सुधार गर्न सिकाउने उनले बताए । “हामीले विद्यार्थीका अक्षर सुधारका लागि अभियान थालेका छौँ”, उनले भने, “पहिलो चरणमा तुलसीपुरका सबै विद्यालयबाट शिक्षक बोलाएर तालिम प्रदान गरेका छौँ, ती शिक्षकले विद्यार्थीलाई अक्षर सुधार गर्न लागाउनुहुनेछ ।”

विद्यार्थीले ज्ञान आर्जन गरेको कुरा परीक्षामा व्यक्त गर्ने माध्यम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्वपूर्ण रहने जनाउँदै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । “पढेर मात्रै हुँदैन, पढेको कुरा अक्षरमा उतार्नुपर्ने र लेखेको कुरा सबैले बुझ्ने हुनुपर्छ”, उनले भने, “तर, हामी जति ज्ञानी भए पनि अक्षर कसैले नबुझ्ने भएमा त्यसले कुनै प्रभाव पार्दैन, त्यसैले हामीले यो अभियान अघि बढाएका हौँ ।”

पहिलो चरणमा अक्षर सुधारका लागि शिक्षकलाई तालिम दिएको र त्यो कुरा व्यवहारमा उतारेको–नउतारेको कुराको विद्यालयमै गएर अनुगमन पनि गरिने उनले बताए । शिक्षकले अक्षर सुधार कार्य एकदमै महत्वपूर्ण रहेको बताएका छन् । “हामीले अझै पनि अक्षर लेख्न पनि जानेका रहेनछौँ, बाक्य संरचना कसरी मिलाउँदा अक्षर सुन्दर हुँदो रहेछन्, भन्ने कुरा ख्याल रहेनछ”, मावि प्रतापकोटका शिक्षक मेघराज पोख्रेलले भने, “शिक्षकले अक्षर सुधार गरेमा सोहीअनुसार विद्यार्थीलाई पनि सिकाउन सजिलो हुन्छ, त्यसैले यो कार्य एकदमै राम्रो छ ।” विद्यार्थीलाई राम्रो लेख्न भनि निर्देशन गर्ने तर, कसरी राम्रो अक्षर लेख्ने भन्ने कुराको तरिका शिक्षकलाई नै थाहा नहुँने अवस्था रहेको भन्दै यो कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।

धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुने गरेको भन्दै अक्षर पनि शिक्षणको महत्वपूर्ण पाटो रहेको प्रशिक्षक हिमाल डाँगीले बताए । “धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुनुभएको छ, भने केहीले सोचेजस्तो अङ्क पनि ल्याउन सक्नुभएको छैन”, उनले भने, “त्यसैले पनि अक्षर सुधार अपरिहार्य छ ।” संस्थागत विद्यालयले अक्षरलाई पनि ध्यान दिने तर, सरकारी विद्यालयले अक्षरमा त्यति ध्यान नदिँदा पनि समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : ४६ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट