४ पुस २०८२, शुक्रबार | December 20, 2025

परराष्ट्रमन्त्री एनपी साउदले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ दिलाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदलाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए ।

साउद कञ्चनपुर क्षेत्र नं। २ बाट निर्वाचित सांसद हुन् । देउवा निकट उनी यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए ।

कांग्रेसभित्र गुट विवादका कारण आठ मन्त्रीमध्ये यसअघि चारजनाले मात्र सपथ लिएका थिए । साउद पाँचौं मन्त्री हुन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारी गर्दैगर्दा परराष्ट्र मन्त्रालयलेले नेतृत्व पाएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको