१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपालगन्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै



नेपालगन्ज । पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे छ । त्रिभुवनचोकमा पाइने चाट, पानीपुरी, राबडी, पकौडा, लस्सीलगायत रैथाने स्वादमा झुम्नेहरूका लागि सो चोकलाई व्यवस्थित ‘स्ट्रिट फुड लेन’ का रूपमा विकास र विस्तार गर्ने अवधारणा अघि सारिएको हो ।

नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी श्रीराम सिग्देलको संयोजकत्वमा फुडलेन व्यवस्थापन समिति गठन गरेको र सो समितिको बैठकले रैथाने स्वादलार्य बजारमा प्रवद्र्धन गराउन त्रिभुवन चोकलाई केन्द्र पारेर ‘फुडलेन’ राख्ने निर्णय गरेको छ ।

“रैथाने स्वादका लागि त्रिभुवन चोकलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, नगरप्रमुख प्रशान्त विष्टले भने, “हामीलाई विश्वास छ, स्वादका पारखीका लागि यसले एउटा राम्रो बजार निर्माण गर्नेछ  ।”

पत्रकार झलक गैरेले नेपालगञ्जमा परम्परागत स्वादका खाना धेरै बन्ने गरेको र त्यसलाई ब्राण्डिङ गर्न र व्यवसायीकरण गर्न सो अवधरणा आएको बताए । “घर घरमा विभिन्न स्वादका खाना बन्छन् त्यसलाई एउटै थलोमा राखेर नेपालगञ्जको परिचय दिन खोजिएको छ” उनले भने ।

संयोजक सिग्देलले रैथाने स्वादलाई व्यवसायीकरण गर्दै परम्परागतरूपमा स्वाद उपलब्ध गराउँदै आएकालाई अवसर उपलब्ध गराउन फुडलेनको अवधारणा अघि सारिएको उल्लेख गरे ।

क्लिन तथा ग्रिन नेपालगञ्जका संयोजक डा विनोद कर्ण, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, हस्पिटालिटी विज्ञ भरत विष्ट, रामजी पाठक, हरित अभियन्ता हेमन्तराज काफ्ले, युवा उद्यमी नीरञ्जन राजभण्डारी, विन्दु घर्तीमगरलगायतले नेपालगञ्जका दर्जनौंँ मौलिक स्वादलाई व्यवसायीकरण गर्दै एकैथलोमा उपलब्ध गराउने अवधारणाले नेपालगञ्जको आन्तरिक बजार चलायमान हुनाका साथै पर्यटन प्रर्वद्धनका लागि पनि एउटा आकर्षण बनाउने बताए ।

करिब तीन महिना अघिदेखि सोमबार बेलुका नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा महाआरती हुँदै आएको छ । यसले पनि धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ३१ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले