२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपालगन्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै



नेपालगन्ज । पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे छ । त्रिभुवनचोकमा पाइने चाट, पानीपुरी, राबडी, पकौडा, लस्सीलगायत रैथाने स्वादमा झुम्नेहरूका लागि सो चोकलाई व्यवस्थित ‘स्ट्रिट फुड लेन’ का रूपमा विकास र विस्तार गर्ने अवधारणा अघि सारिएको हो ।

नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी श्रीराम सिग्देलको संयोजकत्वमा फुडलेन व्यवस्थापन समिति गठन गरेको र सो समितिको बैठकले रैथाने स्वादलार्य बजारमा प्रवद्र्धन गराउन त्रिभुवन चोकलाई केन्द्र पारेर ‘फुडलेन’ राख्ने निर्णय गरेको छ ।

“रैथाने स्वादका लागि त्रिभुवन चोकलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, नगरप्रमुख प्रशान्त विष्टले भने, “हामीलाई विश्वास छ, स्वादका पारखीका लागि यसले एउटा राम्रो बजार निर्माण गर्नेछ  ।”

पत्रकार झलक गैरेले नेपालगञ्जमा परम्परागत स्वादका खाना धेरै बन्ने गरेको र त्यसलाई ब्राण्डिङ गर्न र व्यवसायीकरण गर्न सो अवधरणा आएको बताए । “घर घरमा विभिन्न स्वादका खाना बन्छन् त्यसलाई एउटै थलोमा राखेर नेपालगञ्जको परिचय दिन खोजिएको छ” उनले भने ।

संयोजक सिग्देलले रैथाने स्वादलाई व्यवसायीकरण गर्दै परम्परागतरूपमा स्वाद उपलब्ध गराउँदै आएकालाई अवसर उपलब्ध गराउन फुडलेनको अवधारणा अघि सारिएको उल्लेख गरे ।

क्लिन तथा ग्रिन नेपालगञ्जका संयोजक डा विनोद कर्ण, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, हस्पिटालिटी विज्ञ भरत विष्ट, रामजी पाठक, हरित अभियन्ता हेमन्तराज काफ्ले, युवा उद्यमी नीरञ्जन राजभण्डारी, विन्दु घर्तीमगरलगायतले नेपालगञ्जका दर्जनौंँ मौलिक स्वादलाई व्यवसायीकरण गर्दै एकैथलोमा उपलब्ध गराउने अवधारणाले नेपालगञ्जको आन्तरिक बजार चलायमान हुनाका साथै पर्यटन प्रर्वद्धनका लागि पनि एउटा आकर्षण बनाउने बताए ।

करिब तीन महिना अघिदेखि सोमबार बेलुका नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा महाआरती हुँदै आएको छ । यसले पनि धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ३१ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र