२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

वर्तमान आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाउनुपर्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति बनाएर अघि बढनुपर्ने बताएका छन् ।

महासङ्घ ५७औँ वार्षिक साधारणसभाबाट अध्यक्षको पदभार सम्हालेका उनले मेलमिलाप केन्द्र सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गर्दै मुलुकको आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

“वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्नुपर्छ, लगानीको वातावरण बनाउनुपर्छ, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने योजना बनाउनुपर्छ”, अध्यक्ष ढकालले भने, “दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्नेछ ।”

सानो व्यवसायबाट सुरु गरेको व्यवसायी आज सिङ्गो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुुग्दा आफूलाई गर्व लागेको उल्लेख गर्दै उनले यसले महासङ्घ सानाठूला सबैको साझा संस्थाप्रति खुसी व्यक्त गरे ।

महासङ्घ सचिवालय र यसअन्तर्गका परियोजनाका कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने भएकाले सहयोगका लागि आग्रह गरे ।

निर्वाचित समूह र सचिवालय एकै स्वर र लक्ष्यका साथ हिँड्न सकेमात्र महासङ्घले उचाइ लिने हुँदा सिङ्गो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिबद्धताका साथ सहयोग गर्न पनि उनले आग्रह गरे ।

कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवासुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासङ्घ सचिवालयलाई एक प्रोफेसनल अर्गनाइजेसनका रूपमा सञ्चालन गर्ने उनको भनाइ थियो ।

“मैले यसअघि पनि तपाइँहरूबाट निरन्तर सहयोग पाउँंदै आएको छु, अध्यक्षको कार्यकालमा पनि सोही अनुसारले पाउने अपेक्षा गरेको छुु”, अध्यक्ष ढकालले भने, “मेरो सफलता तपाइँहरूको पनि सफलता भएकाले पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”

महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि हार्दिक धन्यवाद दिँदै अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ०१ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्