४ पुस २०८२, शुक्रबार | December 20, 2025

रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत



काठमाडौं । प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको छ ।

लामो समेदेखि उक्त पद रिक्त रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा सो सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । नेता लेखकले सो पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री दाहालले प्रस्ताव गर्दा एमाले अध्यक्ष ओलीले सहमति जनाएको बताए । परिषद्को सिफारिसबारे संसदीय सुनुवाइ भएपछि नियुक्ति हुनेछ ।

उनले संसद्मा विचाराधीन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयमा पनि छलफल भएको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको