३१ असार २०८३, बुधबार | July 16, 2026

बङ्गलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते



ढाका । बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।

कुमिल्लाको नाङ्गलकोट प्रहरी चौकीका प्रमुख मोहम्मद फारुक हुसेनका अनुसार दक्षिणपूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट ढाकातर्फ जाँदै गरेको यात्रुबाहक रेलको पाँच वटा डिब्बा स्थानीय समयअनुसार आइतबार साँझ ६ः३० बजे नाङ्गलकोटको हसनपुर रेलवे स्टेसनमा पछाडिबाट मालवाहक रेललाई ठक्कर दिँदा लिकबाट बाहिरिएको थियो ।

दुर्घटनापछि मालबाहक रेलका दुई डिब्बा रेलको लिकबाट खसेको उनले बताए ।

अधिकारीका अनुसार रेल दुर्घटनाका कारण ढाकाबाट देशका अन्य भागसँग जोडिएको रेल सेवा घन्टौंसम्म अवरुद्ध भएको थियो । दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ५८ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक