४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादी नेता एवं व्यवसायी श्रीसको मगरघाटमा अन्तेष्टी



बुटवल । उपचारको क्रममा निधन भएका माओवादी केन्द्रका नेता एवं नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य, महासंघ लुम्बिनी प्रदेश कार्य वाहक अध्यक्ष खेम बहादुर श्रीसको आज अन्तेष्टी गरिएको छ । आज बिहान मगर घाटमा उनको अन्तेष्टी गरिएको हो ।

मगराघाटमा अन्तिम श्रद्दान्जलि दिन लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगर, नेकपा (माओवादी केन्द्र) स्थायि समिती सदस्य हकि कुल्ला खा, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, प्रदेश समिती सदस्य तथा जिल्ला अध्यक्ष नारायण जिसि निर्मल, नेपाल उद्योग ब्यापार महासंघका सचीव खेम नारायण पराजुली, विभिन्न दलका नेता, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।

नेकपा (माओवादी केन्द्र) का रुपन्देही जिल्ला समन्वय समिती सदस्य एवं जिल्ला आर्थिक विभाग प्रमुख समेत रहेका स्व. श्रीसको पार्थिव शरीरमा माओवादी केन्द्रका स्थायी समिति सदस्य खाँन, प्रदेश अध्यक्ष बराल , जिल्ला अध्यक्ष जिसिले कम्युनिष्ट पार्टीको झन्डा ओढाइ श्रद्धान्जली अर्पण गरेका थिए ।

२०२३ मङ्सिर ५ गते बाग्लुङ जिल्लामा जन्मेका स्व श्रीस २०४० सालदेखि कम्युनिष्ट आन्दोलनमा जोडिनु भएको थियो । बिद्धुत संग सम्बन्धित ब्यावसायमा आबद्ध उनी राजनीति संगै विभिन्न संघ संस्थाहरुमा आवद्ध थिए ।

उनी चैत्र ४ गते करेन्ट लागेर गम्भीर घाइते भएका थिए । करेन्ट लागि गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पतालमा उपचार भैरहेको थियो । करेन्टले भन्दा पनि लडेर घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको र त्यसको अपरेसन सफल भए पनि बचाउन नसकीएको उपचारमा सँगै रहेका ब्यापार महासंघका सचिव पराजुलीले बताए । स्व. श्रीसको श्रीमती १ छोरा र १ छोरी छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको