२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले वैशाख ११ गते विश्वासको मत लिने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिनेभएका छन् । ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी सभामुखले प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम वैशाख ११ गते बैठक आह्वान गरिएको जनाएका छन् ।

सोही बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका गिरीले माघ ५ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण नेकपा (माओवादी केन्द्र) लगायतका दलले गत चैत १२ गते मुख्यमन्त्री गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका १० दलमध्ये आठ दल र एक जना स्वतन्त्रसमेत ५३ प्रदेशसभा सदस्यले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्यको मत चाहिन्छ । प्रदेशसभामा रहेको ८७ सदस्यमध्ये अहिले नेकपा (एमाले) का २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार सदस्यले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

एमालेले भने विश्वासको मत नपाए पनि ठूलो दलका हिसाबले संविधानको धारा १६८(३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको सरकारका प्रवक्ता मन्त्री आचार्यले बताए ।

विपक्षी गठबन्धनले भने १६८ (२) अनुसार बहुमत सांसदको समर्थन प्राप्त भएकाले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् । -रासस

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : ३२ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र