२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बैवाहीक बलात्कार अभियोगमा थुनामा रहेका न्यायाधीश गिरीपत्नी आरती नेपालगन्जबाट पक्राउ



बुटवल । बैवाहीक बलात्कारको आरोपमा पक्राउ भइ कपिलवस्तुमा थुनामा रहेका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल बाँकेको नेपालगन्जबाट पक्राउ परेकी छन् । न्यायाधीश गिरीमाथि बैवाहीक बलात्कारको मुद्दा दर्ता गराएकी गिरी पत्नी आरतीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार पक्राउ गरेको हो ।

सरकारी काजग किर्ते गरेको अर्को एक मुद्दामा आरतीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके जिल्ला अदालतबाट सरकारी कागज किर्तेमा पक्राउ पुर्जी जारी भएपनि उनी लामो समयसम्म फरार थिइन् । उनका श्रीमान न्यायाधीश गिरी पक्राउ परेको एक साता नबित्दै उनी पक्राउ परेकी हुन् । उनलाई सोमबार अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो । आरतीमाथि न्यायाधीश गिरीका आफन्तले गाली बेइज्जतीको कम्तीमा ५ वटा मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गराएका छन् भने न्यायाधीश गिरीले दर्ता गराएको आरतीसँग सम्बन्ध बिच्छेदको मुद्दा पनि जिल्ला अदालतमा बिचाराधिन छ ।

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरी पनि यसअघि नै पक्राउ परिसकेका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ०२ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल