२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बैवाहीक बलात्कार अभियोगमा थुनामा रहेका न्यायाधीश गिरीपत्नी आरती नेपालगन्जबाट पक्राउ



बुटवल । बैवाहीक बलात्कारको आरोपमा पक्राउ भइ कपिलवस्तुमा थुनामा रहेका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल बाँकेको नेपालगन्जबाट पक्राउ परेकी छन् । न्यायाधीश गिरीमाथि बैवाहीक बलात्कारको मुद्दा दर्ता गराएकी गिरी पत्नी आरतीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार पक्राउ गरेको हो ।

सरकारी काजग किर्ते गरेको अर्को एक मुद्दामा आरतीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके जिल्ला अदालतबाट सरकारी कागज किर्तेमा पक्राउ पुर्जी जारी भएपनि उनी लामो समयसम्म फरार थिइन् । उनका श्रीमान न्यायाधीश गिरी पक्राउ परेको एक साता नबित्दै उनी पक्राउ परेकी हुन् । उनलाई सोमबार अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो । आरतीमाथि न्यायाधीश गिरीका आफन्तले गाली बेइज्जतीको कम्तीमा ५ वटा मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गराएका छन् भने न्यायाधीश गिरीले दर्ता गराएको आरतीसँग सम्बन्ध बिच्छेदको मुद्दा पनि जिल्ला अदालतमा बिचाराधिन छ ।

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरी पनि यसअघि नै पक्राउ परिसकेका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ०२ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी