१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा म्याद सकिएको महिनाको भिटामिन ‘ए’ खुवाउने प्रयास असफल, ड्यामेज भेटिएपछि कार्यक्रम स्थगित



नेपालगन्ज । म्याद सकिएकै महिनामा बाँकेमा बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ‘ए’ कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिएको छ । स्वास्थ्य कार्यालयको लापरवाहीपूर्ण भण्डारणका कारण वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएपछि प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनमा कार्यक्रम स्थगित गरिएको हो ।

२०२३ अप्रिलमा म्याद समाप्त हुने मिति भएको भिटामिन ए भोली देखि बालबालिकाहरुलाई खुवाइने तयारी गरिएको थियो । स्वास्थ्य कार्यालयले  जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा पठाइएको भिटामिन ‘ए’ क्याप्सुलमा केहि दाग जस्तो देखिएको तथा फरक फरक रङ्ग देखिएपछि स्वास्थ्य स्वयमसेविकाहरुले प्रदेश स्वास्थ्य निर्देशनालयमा खबर गरेका थिए । खबर आए लगत्तै निर्देशनालयले कार्यक्रम स्थगित गर्न निर्देशन दिएको बताइएको छ ।

बालबालिकालाई खुवाइने भिटामिन ए जस्तो संबेदनशिल क्याप्सुल नेपालगन्जको चर्को घाममा भण्डारण गरिएका कारण ड्यामेज भएको स्रोतले दाबी गरेको छ । गोदाम र निश्चित तापक्रममा राखिनुपर्ने भिटामिन क्याप्सुल केहीदिन देखि गोदाम बाहिर खुल्ला घाममा राखिएको स्रोतको दाबी छ ।

सामान्यतया म्याद सकिएको महिनाको औषधी प्रयोगमा नल्याउने परम्परा बिपरित स्वास्थ्य कार्यालयले म्याद सकिएको महिनामा भिटामिन खुवाउने तयारी गरेको एक स्वास्थ्यकर्मीले बताए ।भिटामिन ‘ए’ क्याप्सुलको म्याद पनि चालु महिना सम्म मात्र रहेकाले म्याद नाघेको पनि हुन सक्ने अनुमान उनले गरे ।

बुधबारबाट खुवाउने तयारी गरिएको भिटामिन ए अव कहिले खुवाउने भन्ने मिति तय भएको छैन । घटना सम्बन्धमा बुझ्न खबरकुराको सम्पर्क गर्ने प्रयास कार्यालय प्रमुखको मोबाइल नउठेपछि सफल हुन सकेन ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : ४५ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं