३१ असार २०८३, बुधबार | July 16, 2026

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै, बुटवलको विजय उत्सवमा प्रदेश प्रमुख सहभागी हुने



काठमाडौं । एक्कासी बेहोस भएपछि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिने भएको छ । मंगलबार बेलुकी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।

पेटमा इन्फेक्सन सहित पानी जमेको पाइएपछि उनलाई चिकित्सकको सल्लाहमा भारत लैजान लागिएको बताइएको छ । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई पुनः अस्पताल भर्ना गरिएको थियो । मंगलबार राष्ट्रपति पौडेल एककासी बेहोस भएको र तत्काल अस्पताल पु¥याइउको सितलनिवास स्रोतले जनाएको छ । विशेषज्ञ चिकित्सको सल्लाह अनुसार राष्ट्रपतिलाई भारत लैजानुपर्ने देखिएको राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले बताए ।

स्वास्थ्यका कारण राष्ट्रपति सहभागि हुने भनिएका सबै कार्यक्रमहरुका कार्यसूची परिवर्तन गरिएकाछन् । बिहिबार बुटवलमा आयोजना हुने विजय उत्सव कार्यक्रममा सहभागी हुने राष्ट्रपतिको कार्यक्रमलाई परिवर्तन गर्दै प्रदेश प्रमुख सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ०४ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही