७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जनताले विकास चाहेका छन्, त्यसैले एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल



बारा । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण बैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।

चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले संचारकर्मीसँग प्रतिक्रिया दिदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताए ।

एमालेले नेतृत्व गर्न नपाएका कारण बारा क्षेत्र नं. २ विकासमा पछि परेको नेता पौडेलको भनाई थियो । नेता पौडेलले विकासको एजेण्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित रहेको बताए ।

‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने ‘जनताले अब जातिय नारा बोकेर आउनेलाई होइन, विकासको एजेण्डा बोकेर आउनेलाई मत दिन्छन् ।’ एमालेले यतिबेला जनता आवश्यकतासंग जोडिएको विकासलाई प्राथमिकतामा राखेको बताए ।

सत्ता र स्वार्थका लागि मतदाताको भावनासंग खेल्नेहरुलाई जनताले अब बुझिसकेको भन्दै उम्मेदवार पौडेलले बारा २ को मुहार फेर्नका लागि पनि एमालेको आवश्यकता रहेको बताएका छन् ।

घरदैलोका क्रममा पचरौता, महागढीमाई, करैयामाई, देवताल, सुवर्ण र कोल्हबी क्षेत्र घुम्ने क्रममा जनताले एमालेको पक्षमा खुलेर मत मागिरहेको उम्मेदवार पौडेलको भनाई थियो । वैशाख १० गते हुने निर्वाचनबाट  यस क्षेत्रले एमालेलाई जनप्रतिनिधिका रुपमा पाउने र विकासका कामले गति लिने उम्मेदवार पौडेलले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : ५९ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२