२० मंसिर २०८२, शनिबार | December 6, 2025

शारीरिक सम्बन्ध राख्न बाध्य पार्ने लमहीका होटल संचालक पक्राउ



दाङ । दाङको लमहीमा होटलमा काम दिने बहानामा परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य पार्ने एकजना होटल संचालक पक्राउ परेका छन् । दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका संचालक नुमाराज भुषाललाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ४४ वर्षीय भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

परपुरुषसँग शारिरीक सम्बन्ध राख्न इन्कार गर्दा डर त्रास देखाउँदै गलत काम गर्न बाध्य पारेको पीडितहरुले दिएको उजुरीका आधारमा भुषाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि पीडितहरुले २०७९ साल मंसिर महिनाको अन्तिमदेखि चैत २७ गतेसम्म पटक–पटक होटलमा बोलाएर शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लगाएका छन् । ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : ३७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय