२५ भदौ २०८३, बिहिबार | September 10, 2026

शारीरिक सम्बन्ध राख्न बाध्य पार्ने लमहीका होटल संचालक पक्राउ



दाङ । दाङको लमहीमा होटलमा काम दिने बहानामा परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य पार्ने एकजना होटल संचालक पक्राउ परेका छन् । दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका संचालक नुमाराज भुषाललाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ४४ वर्षीय भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

परपुरुषसँग शारिरीक सम्बन्ध राख्न इन्कार गर्दा डर त्रास देखाउँदै गलत काम गर्न बाध्य पारेको पीडितहरुले दिएको उजुरीका आधारमा भुषाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि पीडितहरुले २०७९ साल मंसिर महिनाको अन्तिमदेखि चैत २७ गतेसम्म पटक–पटक होटलमा बोलाएर शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लगाएका छन् । ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : ३७ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त