२० मंसिर २०८२, शनिबार | December 6, 2025

सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग



काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको छ ।

सञ्जालले आज यहाँ पत्रकार सम्मेलन गरी सञ्जालले देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानुनको रुपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरतातर्फ धकेलिएको भन्दै ऐन जारी गर्न माग गरेको हो ।

सञ्जालले हालै सरकारले सरोकारवाला पक्षहरुसँग छलफल नै नगरी सङ्घीय निजामती सेवा ऐनको विधेयक सहमतिका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको भन्दै ध्यानाकर्षणसमेत गराएको छ । सञ्जालले भनेको छ, “निजामती प्रशासनलाई सङ्घीय शासनअनुरुपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्नेगरी जतिसक्दो चाँडो ऐन जारी गर्न अनुरोध गर्दछौँ ।”

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ३५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय