७ कार्तिक २०८३, शनिबार | October 24, 2026

आज सूर्यग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने



काठमाडौं । वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका मातातीर्थ औँशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भू-भागबाट देखिँदैन । जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन । ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ ।

बिहीबार बिहान सूर्योदयसँगै  पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणको प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ । बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन । शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दोष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन ।

अश्विनी नक्षत्र,बिहीबार,पर्व विशेष माता तीर्थ अ‍ौंसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेको पाइँदैन । विशेषगरी मेष, कन्या, बृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ ।

माता तीर्थ अ‍ौंशी अश्विनी नक्षत्र, बिहीबार, मेष राशिमा परेको ग्रहणयोग दान, तर्पण तथा कुनै पनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ । जन्म कुण्डलीमा नागदोष या कुनै पनि प्रकारका ग्रहण दोष योग परेको छ भने विधिअनुसार पूजा तथा आराधना गर्नाले सम्पूर्ण दोषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।

बृहस्पति अस्त भए पनि नित्य पूजा तथा नियमितरूपमा मन्त्र जाप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारको दोष नलाग्ने त्यसमा पनि बृहस्पतिबार शुभबार भएकाले साधना पूरा हुने उल्लेख गरिएको छ। बिहीबार बिहान ९ बजेर ५९ मिनेटसम्म मात्रै औंसी तिथि रहने पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ ।

वैज्ञानिक तथा खगोलविद्का लागि यस्ताखाले खगोलीय घटनाहरुलाई विश्वभर निककै महत्वका साथ हेरिने भएकोले यसको चर्चा अधिक मात्रामा हुनेगरेको हो । एक पटक लागेको ग्रहण पुनस् दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण देखा पर्दछ । अतस्लामो समय कुर्नुपर्ने भएकाले पनि  यस्ता ग्रहण योगका  पर्वलाई विशेष महत्वका साथ शास्त्रमा व्याख्या गरिएको छ ।

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ६ : ४३ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र