१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

आज सूर्यग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने



काठमाडौं । वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका मातातीर्थ औँशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भू-भागबाट देखिँदैन । जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन । ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ ।

बिहीबार बिहान सूर्योदयसँगै  पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणको प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ । बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन । शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दोष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन ।

अश्विनी नक्षत्र,बिहीबार,पर्व विशेष माता तीर्थ अ‍ौंसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेको पाइँदैन । विशेषगरी मेष, कन्या, बृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ ।

माता तीर्थ अ‍ौंशी अश्विनी नक्षत्र, बिहीबार, मेष राशिमा परेको ग्रहणयोग दान, तर्पण तथा कुनै पनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ । जन्म कुण्डलीमा नागदोष या कुनै पनि प्रकारका ग्रहण दोष योग परेको छ भने विधिअनुसार पूजा तथा आराधना गर्नाले सम्पूर्ण दोषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।

बृहस्पति अस्त भए पनि नित्य पूजा तथा नियमितरूपमा मन्त्र जाप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारको दोष नलाग्ने त्यसमा पनि बृहस्पतिबार शुभबार भएकाले साधना पूरा हुने उल्लेख गरिएको छ। बिहीबार बिहान ९ बजेर ५९ मिनेटसम्म मात्रै औंसी तिथि रहने पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ ।

वैज्ञानिक तथा खगोलविद्का लागि यस्ताखाले खगोलीय घटनाहरुलाई विश्वभर निककै महत्वका साथ हेरिने भएकोले यसको चर्चा अधिक मात्रामा हुनेगरेको हो । एक पटक लागेको ग्रहण पुनस् दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण देखा पर्दछ । अतस्लामो समय कुर्नुपर्ने भएकाले पनि  यस्ता ग्रहण योगका  पर्वलाई विशेष महत्वका साथ शास्त्रमा व्याख्या गरिएको छ ।

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ६ : ४३ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला