३० भदौ २०८३, मंगलबार | September 15, 2026

धुमधामकासाथ मनाइयो विजय उत्सव (फोटोफिचर)



बुटवल । बुटवल उपमहानगरपालिका र नेपाली सेनाले अंग्रेजलाई नेपाली फौजले पराजित गरेको दिन पारेर आज बुटवलमा विजय उत्सव मनाएको छ । सम्वत् १८७२ बैशाख ७ गते अंग्रेज सेना माथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर उपमहानगर र नेपाली सेनाले संयुक्तरुपमा विजय उत्सव दिवस मनाएको हो ।

जितगढी  किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाको फौजले झन्डै ३ महिना अंग्रेजसँग लडेको र दुई पटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि अंग्रेज सेनालाई पाराजित गर्दै गोरखपुर सम्म लखेटेको दिनलाई बुटवल उपमहानगरले विजय उत्सव दिवसकारुपमा मनाउँदै आएको छ ।

उत्सवको अवसरमा गोरखाबाट विजय उत्सव मनाउन आएको नेपाली सेनाको पैदलयात्री टोली तथा बुटवलबाट सहभागी बिभिन्न आदीबासी जनजाती, धर्म र संप्रदायको झाँकीले नगर परिक्रमा गर्दै जितगढी किल्लामा पुगेर सभामा परिणत भएको थियो ।

युद्ध कमाण्डर उजिरसिंह थापकाको सालिकमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विजय उत्सव र उजिरसिंहका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले जितगढी किल्लालाई अन्तराष्ट्रियकरण गर्नु पर्ने बताए । उनले जितगढीले बुटवलको पहिचानलाई उचच बनाउको भन्दै किल्लाको संरक्षणका लागि सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।

नेपाली सेनाका मध्यपश्चिम प्रितनापति यामप्रसाद ढकालले जितगढीले नागरिक र सेनाबीचको सम्बन्धलाई थप बलियो बनाउने र युद्ध पर्यटनको प्रचारप्रसार हुने बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले उपमहानगरले जितगढीलाई विशेष महत्वका साथ हेरिरहेको बताउँदै किल्लाको विकास गरेर अन्तरराष्ट्रिय पहिचान बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बुटवलका पूर्व मेयर शिवराज सुबेदी, इतिहासका ज्ञाता निर्मल श्रेष्ठ, पत्रकार महासंघका रुपन्देही अध्यक्ष रामराज पोख्रेल लगायतले बोलेका थिए । विजय उत्सवका अवसरमा नेपाली सेनाले तोप पड्काएर सलामी अर्पण गर्नुका साथै कवाज र झाँकी प्रदर्शन गरेको थियो ।

उपमहानगरकै पहलमा अहिले किल्ला नजिकै जीतगढी संग्राहलय निर्माणाधिन छ । युद्धका बेला बनाइएका संरचना रहेको जितगढीलाई अहिले युद्ध संग्रहालयमा विकास गरिंदै छ । जितगढी किल्लाको संरक्षण र वार्षिक रुपमा मनाइने उत्सवले पर्यटन प्रवद्र्धन गर्न, देशको इतिहास बचाउन र नयाँ पुस्तालाई पुर्खाको योगदान स्मरण गराउन सघाउने छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ४ : २९ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको