८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपालगन्जमा पाँच किलो सुनसहित दुईजना पक्राउ



नेपालगन्ज । नेपालगन्जको न्यूरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले नेपालगन्जको न्यूरोडस्थित एक होटलमा बसिरहेको २ जनालाई ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित पक्राउ गरेको हो ।

सुनका गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं. ९ का ४२ बर्षीय रमेश सोनी र सोही ठाउँका ३६ बर्षीय प्रकाश ठाकुर रहेको बाँके प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको एसपी राठोरले बताए ।

साथै उनिहरुको साथमा इस्टमेट बिलको ठेली थान १, डिजिटल तराजु थान १, विभिन्न मितिमा विभिन्न स्थानमा विक्रि गरेको इस्टमेट विलहरु थान १४, एनआइसी एसिया बैंकमा ७ लाख ३३ हजार ४ सय जम्मा गरेको भौचर थान १, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक थान १ र विभिन्न दरको नोट गरि नगद ३५ हजार प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरगहना झोलामा राखेर हिँडिरहेको अवस्थामा बुधवार राती गहनासहित सोनी र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट सुन कहाँबाट आएको र कहाँ लैजादै गरेको भन्नेबारे अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ४ : ३५ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति