२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपाली सेनाले माग्यो ४ हजार ५ सय सैन्य जवान



काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि ४ हजार ५ सय जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले एक सूचना प्रकाशित गर्दै नेपालका बिभिन्न युटिनमा रिक्त रहेको सैन्य पदका लागि ४ हजार ५ सय जनाको नयाँ भर्ना खुलाएको हो ।

निर्देशनालयको सूचना सूचनामा १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म आवेदन दिन पाउने उल्लेख गरिएको छ । सूचनामा नेपाली सेनाका सन्ततीबाट २२५ जना, खुल्ला तर्फ २३५१ जना, महिला ३९० जना, आदीबासी जनजाती ६१७ जना, मधेसी ५४० जना, दलित २८७ जना र पिछडिएको क्षेत्रबाट ९० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

सैन्य पदमा भर्ना हुन इच्छुक नागरिकलाई सेनाको देशभर रहेका २६ वटा युनिट।अड्डाहरुमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।

सूचना :

सूचना गोरखापत्रबाट साभार

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।