२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी-मरिन डाइभर्सनको काम १८ दिन देखी ठप्प



सिन्धुली । सुनकोशीमरिन डाइभर्सनमा १८ दिनदेखि सुरुङ खन्ने काम ठप्प भएको छ । सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन पुरिए पछि १६ दिन देखी काम ठप्प भएको हो ।

आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेल बोरिङ मेसिन पुरिएर काम ठप्प भए पछि बाइपास सुरुङ बनाएर आयोजनाको काम सुचारु गर्ने प्रयास भईरहेको छ । सो बाइपास सुरुङ बनाउनका लागि पनि कम्तिमा ७ दिन लाग्ने हुदाँ झन्डै एक महिनासम्म आयोजनाको काम ठप्प हुनेछ ।

‘सुख्खा माटो झरेर टीबीएम सुरुङ भित्र पुरिएपछि त्यसलाई निकाल्न बाइपास सुरुङ खनेर निकाल्ने प्रयास गरिरहेका छौं, भित्र माटो खस्ने क्रम अझै जारी रहेकाले समस्या भईरहेको छ, यद्धपी बाइपास सुरुङ खनेर टिबिएम निकाल्नका लागि कम्तिमा एक हप्ता लाग्ने अनुमान गरी काम गरिरहेका छौं’ उनले भने ।

यसअघि पनि सुख्खा माटो खसेर टिबीएम सञ्चालनमा समस्या भए पछि ९ दिन लगाएर बाइपास सुरुङ खनी काम सुचारु गरिएको थियो ।  हाल ४.६६ किलोमिटर सुरुङ खनि सकिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १० : २८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार