२ चैत्र २०८२, सोमबार | March 16, 2026

अदालतमा बालेनको जवाफ : ‘कानुनद्वारा बर्जित कार्यहरूको समर्थन गर्ने विपक्षी’



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूसहित विरुद्ध परेको रिट खारेजभागी रहेको दाबी गर्दै लिखित जवाफ पेस गरेका छन् ।

सुकुम्बासीवस्ती हटाउने सूचनाको विरूद्धमा बालेनसहित चारजनाविरुद्ध उच्च अदालत पाटनमा परेको रिटको लिखित जवाफ पेस गर्दै रिट खारेजभागी रहेको उनले दाबी गरेका हुन् ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवा सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट महानगरलाई विमुख बनाउने उद्देश्य प्रेरित रिट खारेज भागी रहेको दाबीसहित प्रमुख शाहले आफ्नो लिखित जवाफमा रिट निवेदन खारेज गर्न माग गरेका छन् ।

‘गैरसुकुम्बासीको योजनामा कानुन हातमा लिने, नदीको जग्गा कब्जा गर्ने, विना स्वीकृति पक्की घर, टहरा, सटर कबल बनाउने, तहतह किनबेच गर्ने,घरेलु हतियार तथा विस्फोटक पदार्थसहित आपराधिक बल प्रयोग गर्ने, सहरी सौन्दर्यीकरणको कुनै पनि काम गर्न नदिने जस्ता कानुनद्वारा बर्जित कार्यहरूको समर्थन गर्ने विपक्षीको रिट निवेदन भित्रको मनसाय प्रश्नयोग्य छ,’ शाहले आफ्नो लिखित जवाफमा भनेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : १३ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको