४ पुस २०८२, शुक्रबार | December 20, 2025

अदालतमा बालेनको जवाफ : ‘कानुनद्वारा बर्जित कार्यहरूको समर्थन गर्ने विपक्षी’



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूसहित विरुद्ध परेको रिट खारेजभागी रहेको दाबी गर्दै लिखित जवाफ पेस गरेका छन् ।

सुकुम्बासीवस्ती हटाउने सूचनाको विरूद्धमा बालेनसहित चारजनाविरुद्ध उच्च अदालत पाटनमा परेको रिटको लिखित जवाफ पेस गर्दै रिट खारेजभागी रहेको उनले दाबी गरेका हुन् ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवा सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट महानगरलाई विमुख बनाउने उद्देश्य प्रेरित रिट खारेज भागी रहेको दाबीसहित प्रमुख शाहले आफ्नो लिखित जवाफमा रिट निवेदन खारेज गर्न माग गरेका छन् ।

‘गैरसुकुम्बासीको योजनामा कानुन हातमा लिने, नदीको जग्गा कब्जा गर्ने, विना स्वीकृति पक्की घर, टहरा, सटर कबल बनाउने, तहतह किनबेच गर्ने,घरेलु हतियार तथा विस्फोटक पदार्थसहित आपराधिक बल प्रयोग गर्ने, सहरी सौन्दर्यीकरणको कुनै पनि काम गर्न नदिने जस्ता कानुनद्वारा बर्जित कार्यहरूको समर्थन गर्ने विपक्षीको रिट निवेदन भित्रको मनसाय प्रश्नयोग्य छ,’ शाहले आफ्नो लिखित जवाफमा भनेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको