१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

इदुलफित्र : मुस्लिम समुदायले कसरी मनाउँछन ? जान्नुहोस्



काठमाडौं । इदुलफित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ । उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ । यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।

रमजान १० चैत शुक्रबारबाट सुरु भएको थियो । त्यसैले आज ९ बैशाख अर्थात शनिबार इद उल फित्र मनाइँदैछ । इस्लामिक मान्यता अनुसार, रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पापहरू अल्लाहले क्षमा गर्छन ।

इदुलफित्रको महत्व

इस्लामिक विश्वास अनुसार कुरान पहिलो पटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो । मक्काबाट पैगम्बर मोहम्मदको बसाई पछि पवित्र शहर मदिनामा इदुलफित्र मनाउन सुरु भएको थियो । यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए। यो जितको खुसीमा उनले सबैको मुख मीठो बनाएका थिए । यो दिनलाई मेथी ईदी वा ईद उल फित्रको रूपमा मनाइन्छ।

यस दिन भर्मीसेली, मिठाई जस्ता मीठो परिकार बनाइन्छ। घरमा आएका पाहुनालाई मीठो सेरा खुवाइन्छ । इदी साथीभाइ र आफन्तहरूमा बाँडिन्छ। मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईद मुबारकको शुभकामना दिन्छन् । इद उल फित्रलाई परोपकारको पर्व पनि भनिन्छ ।

इद कसरी मनाइन्छ ?

ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले बिहान नयाँ लुगा लगाएर नमाज अदा गर्छन् । त्यसपछि आफ्ना साथीहरू र परिवारका सदस्यहरूसँग सँगै चाड मनाउछन् । यसलाई खुसी बाँड्ने पर्व मानिन्छ । यस दिन मुस्लिमहरूले शीर खुर्मा र सेमसेलीजस्ता स्वादिष्ट परिकार र उपहारहरू आदानप्रदान गर्छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ११ : ०१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले