१८ भदौ २०८३, बिहिबार | September 3, 2026

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’



काठमाडौं । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौं उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् ।

अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताए । “हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ”, गिरीले भने । दर्शकले सामाजिक सञ्जालसँगै विविध माध्यममार्फत ‘छक्का पञ्जा ५’ ल्याउनुपर्ने माग राखिरहेका छन् ।

‘छक्का पञ्जा’ को पाँचौँ शृङ्खला घोषणा हुने सम्भावना रहेता पनि आधिकारिक निर्णय नभएको अर्का निर्माता तथा कलाकार निर्मल शर्माले बताए । “हामी समूहमा छलफल गरेर निर्माण लिनेछौँ, हाम्रो एकाउन्न दिनको यात्रामा रु २० करोड बढीको कूल व्यापार भएको छ, दर्शकले दिनुभएको मायाले हामीलाई अगाडि बढ्न हौसला मिलेको छ”, कलाकार शर्माले भने ।

चलचित्रमा दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन । ‘छक्का पञ्जा’ को तेस्रो शृङ्खलासम्म अभिनेत्री निरौलाले नै निर्देशन गरे पनि चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका हुन ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  २ : १७ बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता