१३ माघ २०८२, मंगलबार | January 27, 2026

बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन हुने



बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन हुने भएको छ ।

यही वैशाख १६ र १७ गते हुने अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नारायण खनाल ‘लेकाली’ले जानकारी दिए ।

बुटवलको अन्तर्राष्ट्रिय सभागृहमा उद्घाटन सत्र तथा नयाँगाउँको मुक्तिनाथ धाममा बन्दसत्र हुने अधिवेशनमा देशभरबाट करिब ५ सय प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

अधिवेशनमा विभिन्न ठाउँका मौतिक भजन तथा चुड्का लगायतका प्रस्तुती समेत रहने लेकालीले बताए । महाधिवेशनको पहिलो दिन बुटवलको सिद्देश्वरी प्राङ्गणबाट विभिन्न सांस्कृतिक झाँकीहरुसहित कार्यक्रम स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म र्यालीको आयोजना गरिएको छ ।

मौतिक संस्कृति तथा भजन, चुड्काको संरक्षण तथा पुस्तान्तरणका लागि २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले देशका सबै जिल्लाहरुमा शाखा विस्तारलाई समेत तिब्रता दिएको संस्थापक अध्यक्ष प्रजापति पराजुलीले बताए ।

२०५० सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्माण गरेका पराजुलीले फरक तथा धार्मिक र सास्कृतिक गीत संगीतको संरक्षणका लागि भजन चुड्का प्रतिष्ठानको स्थापना गरेका हुन् । यस प्रतिष्ठानमा हाल ५१६ जना आजीवन सदस्य रहेको पराजुली बताउँछन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ०५ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी