बुटवल । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको डिष्ट्रिक गभर्नरमा अर्जुनमान सैंजूले उम्मेदवारी दिएका छन ।
सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर समेत रहनु भएका सैंजूले लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको दोस्रो गभर्नरको लागि उम्मेद्वारी दिएका हुन ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ । त्यस्तै फस्ट भाईस डिष्ट्रिक गभर्नरमा पुरुषोत्तमभक्त प्रधानाङ्ग र सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा कुशप्रसाद मल्लीले उम्मेद्वारी दिनु भएको छ । प्रधानाङ्ग हाल सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर छ्न ।
डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, पूर्व गभर्नरहरु महेन्द्रनारायण श्रेष्ठ, अरुणप्रताप राणा, सुनिल वझा, अनुप पहाडी समेतको रोहवरमा शुक्रबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा तीनै जनाले संयुक्त रुपमा उम्मेदवारी दिएका हुन । उम्मेद्वारी दर्ता गराउँदै तीनै जना उम्मेदवारले सत प्रतिशत एस भोटको लागि आग्रह गरे ।



















प्रतिक्रिया