२ चैत्र २०८२, सोमबार | March 16, 2026

प्रधानमन्त्री प्रचण्डले गरे टिकटक र यु-ट्युवमाथी हस्तक्षेप गर्ने प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक बिषयमा छलफल गर्नुको सट्टा मानिसहरु यु ट्युब र टिकटक तिर लागेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले सो बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाएका हुन ।

‘अहिले बैचारिक बिषय र त्यस खालका लेख रचना तिर भन्दा सोसल मिडिया, युटयुब र टिकटकतिर लागेका छन, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ, त्यसकारण बिज्ञान प्रविधिले विकास गरेका कुरालाई पनि हामीले सदुपयोग गरेर कसरी त्यसलाई निश्चित बिचार र मान्यतामा अघि बढाइएन भने सिंगै समाज नै दुषित हुने खतरा हुन्छ, यो कुरालाई हामी सबैले मनन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने । उनले सो बिषयलाई गम्भिरतापुर्वक लिन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन ।

उनले भने, ‘यस बिषयमा बुद्धीजिवीहरुवाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो संघर्षवाट आएका नेताहरुलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिदैछ । यो अराजकता रोकिन जरुरी छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : ५५ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र