१२ आश्विन २०८३, सोमबार | September 28, 2026

धवलागिरि हिमालमा एक बेपत्ता, दुईको उद्धार



बेनी । म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।

आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं ४ मा अवस्थित छ । धवलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए ।

बेपत्ताको खोजीका लागि शनिबार हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्केका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन् ।

अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पु¥याइएको शेरचनले जानकारी दिए । उनीहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए । जापानिज आधार शिविर नजिकै हिउँपहिरामा परेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : १५ बजे

कालीगण्डकीको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, नयाँपुलमा १०० मिटर सडक बगायो

गण्डकी । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका

मेची भन्सार : दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो

फाइबर चुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद

म्याग्दी । फाइबर चुडिएपछि धवलागिरिका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार

पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको