२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

भुलेर पनि बाथरुममा नराख्नुस यी चिज, तपाईलाई कंगाल बनाउँछ !!



काठमाडाैं । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ । वास्तु नियमको पालनाले व्यक्तिको जीवनमा सुख र समृद्धि ल्याउँछ। साथै, लापरवाहीका कारण घरको सुख हराउन जान्छ छ । मानिस सधैं चिन्तित हुन्छ । समस्या हटेको देखिँदैन ।

त्यसैले ज्योतिषशास्त्रले वास्तु नियमहरू पालना गर्न सल्लाह दिन्छन् । घरको बाथरुमका लागि पनि वास्तु नियमहरू पालना गर्न आवश्यक छ। बाथरुमबाट नकारात्मक ऊर्जा बढी उत्पन्न हुने विश्वास गरिन्छ । यसका लागि भुलेर पनि बाथरुममा  तल उल्लेखित चिजहरु नराख्नुहोस् । यिनीहरूले वास्तु दोष निम्त्याउँछन् ।

अब यसाे गर्नुहाेस :

वास्तु विज्ञहरुका अनुसार भिजेको कपडा बाथरुममा छाड्नु हुँदैन । यसो गर्दा वास्तु दोष हुने देखिन्छ। यसका साथै घरमा नकारात्मक ऊर्जाको आगमन हुन्छ । यसका लागि बाथरुममा भिजेको कपडालाई कहिल्यै नछोड्नुहोस् ।

च्यातिएकाे चप्पल बाथरुममा राख्नाले वास्तु दोष हुन्छ । ज्योतिषीहरुका अनुसार बाथरुममा फुटेको चप्पल राख्नाले कुण्डलीमा शनिको स्थिति बिग्रन्छ । जसका कारण मानिसले नराम्रो समयबाट गुज्रनुपर्ने हुन्छ । यससँगै धनकी देवी लक्ष्मी पनि क्रोधित हुन्छिन् ।

वास्तु शास्त्रका अनुसार बाथरुममा प्लास्टिकका टुक्राहरू कहिल्यै नराख्नुहोस् । यसो गर्दा मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि बाल्टिन वा मग फुटेको छ भने, यसलाई तुरुन्तै बाहिर फाल्नुपर्छ ।

प्रायः महिलाहरु नुहाएर झरेको कपाल बाथरुममा राख्छन् । यस्तो पटक्कै नगर्नुहोस् । वास्तुशास्त्रमा यसो गर्न निषेध गरिएको छ । झरेको कपाल बाथरुममा राख्नु वास्तु दोष मानिन्छ । जसका कारण मानिसले आफ्नो इच्छा अनुसार जीवनमा प्रगति गर्न सक्दैन ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ४७ बजे

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन