बुटवल । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बसमा सवार १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो ।
घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका लागि प्रहरी चौकी दोभानको टोली पुगेको छ । दुर्घटनामा कम्तिमा २५ जना घाइते भएको हुनसक्ने प्रहरीले जनाएको छ । उद्दार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया