१० भदौ २०८३, बुधबार | August 26, 2026

हिउँचितुवाको वासस्थान अध्ययनबारे छलफल



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) र चीनका दुईवटा संस्थारू मिलेर सञ्चालित समुदायमा आधारित प्रकृति संरक्षण कार्यक्रम अन्तरगत नेपालको दोलखा जिल्लाको लप्चेमा हिउँचितुवाको वासस्थान अध्ययन तथा संरक्षण अभियानमा लागेका विज्ञहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा चीनको एमिति फाउण्डेसनका श्री शू जुनसोङ्ग तथा सानसुई संरक्षण केन्द्र नामक संस्थाका तीन जना विज्ञहरू जाओ जियाङ, किङ जुवाङ्ग, र फेङ चेङले ती संस्थाहरूले नेपालमा तथा चीनमा गरिरहेका विभिन्न अध्ययन तथा अन्य आयोवनाहरूबारे प्रकास पारेका थिए ।

नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययान केन्द्रकोतर्फबाट उपप्राध्यापक डा. नारायणप्रसाद कोजूले ती चीनियाँ संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालको विकट क्षेत्रहरूमा वासस्थान बनाएका हिउँचितुवा तथा अन्य दूर्लभ वन्य जन्तुहरूको अध्ययन विगत १८ महिनादेखि स्थानीय बासिन्दाहरूसमेतको सहयोगमा गरिरहेका छन् । अध्ययनको क्रममा लप्चेमा आधा दर्जन भन्दा बढी हिउँ चितुवाहरू भएको प्रमाण भेट्टाएको जानकारी प्राप्त भएको छ ।

ती इलाकाहरूमा प्राप्त जैविक विविधताबाट नेपालमा वातावरणीय पर्यटन प्रोत्साहन प्रवर्धन गर्न सकिनेबारे दुवै पक्षले अन्तरक्रियामा सहमति जनाए । अन्तरक्रिया कार्यक्रममा उक्त अध्ययनको प्रारम्भिक उपलब्धीहरूबारे डा। नारायणप्रसाद कोजूले विस्तृत रूपमा प्रकास पारेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : १५ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी