१६ असार २०८३, मंगलबार | June 30, 2026

चितवन-२ मा लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि



चितवन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

अहिलेसम्म ५६ हजार ५०७ मत गणना भएको छ । त्यसमध्ये रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि रहेका छन् छन् ।

भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । हालसम्म आठ सय ७० मत बदर भएको छ । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : १३ बजे

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न