५ भदौ २०८३, शुक्रबार | August 21, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले मतान्तर बढाउँदै



चितवन । चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिएका छन ।

भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने सबै वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म गणना हुँदा लामिछानेले ४५ हजार ८४२ मत प्राप्त गरेका छन ।

साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले आठ हजार ४२५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आठ हजार ३३० मत प्राप्त गरेका छन ।

हाल सम्म ६४ हजार ५४५ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । गणनामा हालसम्म ९९६ मत बदर भएको छ ।

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो । सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : ५८ बजे

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न