३२ असार २०८३, बिहिबार | July 16, 2026

रवि लामिछाने भारी मतसहित विजयी



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) उम्मेदवार तथा सभापति रवि लामिछाने भारी मतसहित विजयी भएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवार कांग्रेसका नेता जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ हजार २५१ मत पाए  । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

गत आइतबार चितवन–२, बारा–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो । चितवन–२ मा रवि लामिछाने विजयी हुँदा उनकै पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका छन् ।

उता बारा–२ मा भने गठबन्धन उम्मेदवार तथा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ०३ बजे

सांसदले पाउने भए फेरि स्वकीय सचिवको सुविधा

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,