३२ असार २०८३, बिहिबार | July 16, 2026

सरकारले पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको गर्न बाँकी पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

मंगलबार १२ वैशाख २०७२ सालमा गएको भूकम्पको आठ वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गर्न बाँकी पुनर्निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।

‘पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

मंगलबार सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन् :

वि.सं. २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। भूकम्पका कारण घाइते एवं अंगभंग हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु। भूकम्पपछिको उद्दार, राहत र पुनर्स्थापनामा आर्थिक, भौतिक सहयोग गर्नुहुने र सद्भाव व्यक्त गर्नुहुने सबैप्रति हृदयदेखि सम्मान व्यक्त गर्दछु।

भूकम्पपछि २०७३ सालमा गठित मेरो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधारहरू एवं सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण, निजी घरहरूको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको थियो। त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रू। १ लाख अनुदान रकम थप गर्ने लगायत जनतालाई राहत दिने महत्वपूर्ण निर्णयहरू गरिएको थियो। 

पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु, धन्यवाद।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ४७ बजे

सांसदले पाउने भए फेरि स्वकीय सचिवको सुविधा

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,