१५ माघ २०८२, बिहिबार | January 30, 2026

जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै



नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–२ मा अवस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जाने पुलको पुनःनिर्माण हुने भएको छ । उपमहानगरपालिकाले मन्दिरमा जाने पुल पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी काम सुरु भएको जनाएको छ ।

जुँगे महादेवको मुर्ती रहेको मन्दिर तालमाथि छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाएर मन्दिर र मूर्ति यथावत् राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको जानकारी दिए ।

“बागेश्वरी प्रसिद्ध शक्तिपीठ पनि भएकाले डिपिआर बनाएर मन्दिर आसपास सौन्दर्यकरण गर्ने योजना निर्माण भएको छ”, उनले भने । प्रमुख विष्टले महाआरती सुरु गरेको करिब चार महिनापछि धार्मिक पर्यटनको महत्व बढेकाले भारतीय पर्यटकको आगमन बढेको जानकारी दिँदै महाआरतीमा नजिकका विभिन्न जिल्लाबाट समेत सहभागिता रहेको बताए ।

मन्दिरसम्म पुग्नका लागि वर्षौँ पहिले बनाइएको प्रवेशमार्ग जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । अब मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइने छ । उनले मन्दिरभित्र पूजा गर्ने स्थान पनि फराकिलो हुने जानकारी दिए । नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने र नजिकै पार्कसमेत निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।

बागेश्वरी मन्दिरका मठाधीश चन्द्रनाथ योगीले जुँगे महादेवको दर्शन गर्न जाने भक्तजनका लागि साँघुरो भएको पुल नयाँ ढाँचामा निर्माण हुन लागेको जानकारी दिँदै पुरानो पुललाई अग्लो बनाएर पिलर राख्न लागिएको बताए ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वका समयमा भक्तजनको भीड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेको बताइएको छ । नयाँ पुल निर्माण भएपछि भक्तजनलाई सहजता हुने छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ११ : २४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला