४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकीकृत समाजवादीको सबै जनवर्गीय सङ्गठनको पदाधिकारी भेला हुने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सबै जनवर्गीय सङ्गठनको पदाधिकारी भेला गर्ने भएको छ । पार्टीले यही वैशाख २० गते काठमार्डौँमा सो भेला गर्न लागेको हो ।

पार्टीका महासचिव घनश्याम भूसालको उपस्थितिमा आज बसेको मोर्चा फाँटको बैठकले पार्टी निकट २२ भ्रातृ सङ्गठनका पदाधिकारीको भेला गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी समसामयिक राजनीतिक अवस्थामा त्यसलाई प्रयोग गर्न केन्द्रीय नीतिमा प्राथमिकतामा राखिने छ । पार्टीले अवलम्बन गरेको समाजवादी अर्थ व्यवस्थाको नीति तथा राजनीतिक दृष्टिकोणका साथै कार्ययोजनामा आवश्यक सुझाव दिन भेलामा राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुमा छलफल गरिनेछ ।

महासचिव भूसालले पार्टीलाई देशभर सङ्गठित गरी जनतालाई उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण गरी जनमुखि बनाउन पार्टीको कार्यदिशा परिमार्जन गर्न भेला उपयोगी हुने विश्वास व्यक्त गरे ।

मोर्चा फाँटका इन्चार्ज डा विजय पौडेलका अनुसार पार्टीमा गर्नुपर्ने आवश्यक सुधार तथा कार्ययोजनामा परिमार्जनका लागि सामूहिक धारणा भेलाले बनाउने छ । उक्त धारणाका आधारमा प्रतिवेदन बनाई पार्टी केन्द्रलाई बुझाउने छ । सबै सङ्गठनका करिब दुई सय पदाधिकारी सहभागी हुने भेलामा अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको