४ पुस २०८२, शुक्रबार | December 20, 2025

गुल्मीको मालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु



गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो । सो दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

उनका अनुसार मालिका गाउँपालिकाको दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त् जीप हिडेको थियो । ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको