४ पुस २०८२, शुक्रबार | December 20, 2025

कतारविरुद्ध पनि नेपालको खराब सुरुवात, चार ओभरभित्र गुमायो दुई विकेट



काठमाडौं । एसिसी प्रिमियर कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा कतारविरुद्ध पनि नेपालले सस्तैमा पहिलो विकेट गुमाएको छ ।

नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाइसकेको छ । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए । नेपालका दुवै विकेट कतारका गयान मुनवीराले लिएका छन् । नेपालले चार ओभरमा २ विकेट गुमाउँदा १४ रन जोडेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । कतारले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ गरिरहेको हो ।

नेपालले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ ।

आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो । अपराजित रहेको नेपाली टोली कतारविरुद्ध पनि सहज जितको खोजीमा छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।

ऊ पहिलो खेलमा ओमानसँग ४० रन, दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ७ विकेट तथा तेस्रो खेलमा मलेसियासँग ३ विकेटले पराजित भयो । सेमिफाइनल दौडबाट बाहिरिसकेको कतार अन्तिम खेलमा आयोजक नेपाललाई स्तब्ध पार्ने योजनामा छ ।

समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । कतारलाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलको टिकट काटेको छ । यो समूहबाट दोस्रो टोलीको रूपमा आज हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको