३ असार २०८३, बुधबार | June 17, 2026

सुनसरी प्रहरीद्धारा ३ सय ३७ फरार अभियुक्तहरु पक्राउ, बुधबार मात्रै २२ जना पक्राउ



इटहरी । सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । आर्थिक बर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

बुधबार मात्रै सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रममा हिजो मात्रै २२ जना पक्राउ परेका हुन ।

पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । थप फरार प्रतिवादीहरु पनि पक्राउ गरिने राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : ४४ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स