४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त



पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १२ वैशाखमा तीन दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सोहीबमोजिम बिहीबार पाण्डेले कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनको दाबी पेसअनुसार प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ५ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको