१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

चितवन-२ का मतदातालाई एमाले उम्मेद्‍वारले दिए धन्यवाद



चितवन । चितवन-२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेद‍्वार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गरेका हुन् ।

न्यौपानेले सन्देशमा चितवन-२ को उपनिर्वाचनमा आफ्नो पार्टी एमालेको सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् ।

उपनिर्वाचनको परिणामलाई सहर्स स्वीकार गर्दै अहोरात्र खटिने पार्टी र जनसंगठनका विभिन्न तहका जिम्मेवारीमा रहेका नेता, कार्यकर्ता, सदस्य, सदस्य, शुभेच्छुक एवम् विभिन्न प्रकारले सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कर्मचारी, निर्वाचन प्रक्रियामा सहभागी हुने सबै राजनीतिक दल तथा उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारकर्मी, पत्रकार एवम् पर्यवेक्षकलगायत सम्पूर्णप्रति उनले आभार व्यक्त गरेका छन् ।

न्यौपानेले निर्वाचनका क्रममा आफ्नो पार्टीले मतदाता समक्ष गरेका विभिन्न प्रतिवद्धता पूरा गर्नका लागि राज्यका निकायहरुको ध्यानाकर्षण गरेर चितवनको विकास र समृद्धिको लागि सबैसँग हातेमालो गर्दे सदैव क्रियाशिल रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ५ : ५२ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार