१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

१४ वर्षपछि नेपालगन्जमा गायत्री महायज्ञ हुँदै



नेपालगन्ज । सद्भाव सहरका रुपमा रहेको नेपालगन्जमा १४ वर्षपछि ५१ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । दिव्य आकर्षक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासहित वैशाख २६ देखि २९ गतेसम्म नेपालगन्जको खजुरा रोडस्थित गायत्री मन्दिरमा सो महायज्ञ हुने गायत्री परिवार प्रज्ञा मण्डलले जनाएको छ ।

एकाउन्न कुण्ड निर्माण गरी त्यसमा पूजन सुरु हुने महायज्ञका संयोजक सत्यनारायण पाठकले जानकारी दिए । “महायज्ञमा प्रज्ञा पुराण र कथा प्रवचन हुन्छ जहाँ १८ पुराणको निचोड आउँछ”, उनले भने ।

मानवले जीवन जिउने कला प्रज्ञा पुराणको विशेषता भएको उल्लेख गर्दै पाठकले भक्तजनलाई महायज्ञमा सहभागी हुन आग्रह गरे । ऋषि तपोनिष्ट वेदमूर्ति पं श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञा पुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने महायज्ञमा भारतको हरिद्वारबाट पं शैलविहारी दुवेलगायत पाँच पण्डितको सहभागिता रहनेछ ।

दिव्य आकर्षक श्रीराम, लक्ष्मणजी भएको प्रतीकात्मक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासमेत हुनेछ । महायज्ञमा करिब रु २० लाख खर्च हुने अनुमान छ । महायज्ञमा बाँकेबाहेक, बर्दिया दाङ, सुर्खेत, जनकपुर, काठमाडौँ, धनगढीबाट समेत भक्तजनको उल्लेख्य सहभागिता रहनेछ । टाढाबाट आएका भक्तजनलाई खान र बस्नको प्रबन्धसमेत गरिएको आयोजकले जनाएका छन् । महायज्ञका लागि विभिन्न उपसमितिसमेत निर्माण गरिएको छ । नेपालगन्जमा यसअघि हनुमान जयन्ती भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : १७ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल