१० भदौ २०८३, बुधबार | August 26, 2026

भारतमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने



काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कने डा भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्न थालेका छन् । नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।

आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : २४ बजे

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी