११ श्रावण २०८३, सोमबार | July 27, 2026

मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुदैँ



काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको खेल मैदानले एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको तीनबर्ष पछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानले सन २०२० मा सो मान्यता पाएको थियो । सो मान्यतासँगै आज मुलपानी मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त सेमिफाइनल खेल हुनेछन् ।

जारी एसिसी प्रिमियर कपको आज हुने ओमान र युएई बीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।

युएई ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ जित र १ हारका साथ ६ अंकका साथ समुह ए बाट उपबिजेता बन्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

नेपाल क्रिकेट संघका अनुसार सेमिफाइनलमा पुगेका ओमान र युएई एकदिवसीय मान्यता प्राप्त देश भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुने भएसँगै मुलपानी मैदानले ओआइडी मान्यता प्राप्त गरेको हो ।

यसअघि मुलपानीमा समूह चरणका १० खेलवटा खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन् । तर शनिबार एकदिवसीय मान्यता प्राप्त दुई देश सेमिफाइनलमा भिड्ने भए सँगै मैदानले पनि एकदिवसीय मान्यता पाएको क्यानले जनाएको छ ।

मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो । यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ३६ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको