६ माघ २०८२, मंगलबार | January 20, 2026

दाताले नि:शुल्क दान गरेको रगतको पैसा लिनु गलत : प्रदेश प्रमुख शेरचन

नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन बुटवलमा सुरु



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो महाधिवेशन बुटवलमा सुरु भएको छ । अधिवेशनको एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले नेपालमा रकम नतिरी रगत पाउन नसक्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए ।

उनले रक्तदाताहरुले निशुल्क दान गरेको रगतको पैसा लिनु गलत भएको बताउँदै सामुदायिक अस्पतालमा अझै पनि शुल्क लिने काम हुनु लज्जास्पद भएको बताए । निःशुल्क रगतलाई पैसा कमाउने माध्यमका रुपमा विकास भएको प्रणाली गलत भएको बताए । पछिल्लो समय सहयोगको भावनाको चेतमा कमी आएको उल्लेख गर्दै शेरचनले रक्तदानप्रति जनचेतनालाई बढाउने गरि कार्यक्रमहरु चलाउन जरुरी रहेको बताए ।

प्रदेश प्रमुख शेरचनले आफु जिम्मेवार पदमा हुंदासमेत निशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेको भन्दै दुखेसो गरे ।

प्रदेश प्रमुख अमिक शेरचनले ७८ औं पटक रक्तदान गरेका रुपन्देहीका रक्तदाता कृष्ण चौहानलाई ब्लड ब्याग हस्तान्तरण गर्दै अधिवेशनको उद्घाटन गरेका थिए । सोही समारोहमा उनले हाम्रो रगत नामक पुस्तक बिमोचन तथा हाम्रो रगत बोलको गीत सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै रक्तदाता स्वयंसेवी समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व÷कर्तव्य हो भने निशुल्क रगत पाउनु नैसर्गिक अधिकार हो भन्ने मुल नारालाई सफल बनाउने समाजले चलाएको अभियान देशभर सफल हुदै गएको बताए ।

शतक रक्तदाताको परिचय बनाएका अध्यक्ष कर्माचार्यले १ सय ७३ पटक रक्तदान गरेका छन् । सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैक खोल्न पाउने भनिएपनि त्यो कार्यान्वन हुन नसकेको उनले गुनासो गरे ।

कार्यक्रममा बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेलले रगत दिने काम पुरानो भएको भन्दै अव मानीसले चाहे अनुसार रगतको प्रणाली दान गर्न मिल्ने प्रविधि भित्राउनु पर्ने बताए । प्लेटलेट मात्र चाहिएको अवस्थामा रगत दान गरेर रगत खेर फाल्नु हुँदैन । उनले भने ।

समयसापेक्ष प्रविधिको प्रयोग गरि रगत वितरणलाई स्मार्ट रुपमा लैजान जरुरी रहेको उनले सुझाव दिए ।

समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निशुल्क रगतको अभियान गाउंगाउंमा पु¥याउन सकिने सम्भावना रहेको बताए । उनले रगतमा रेडक्रसको एकाधिकार अन्त्य हुनु पर्ने बताउँदै नेपाल रेडक्रस सोसाइटीलाई एकलौटी रुपमा ब्लड बैंकको जिम्मा दिनु गलत भएको बताए । उनले स्थानीय पालिकाहरुमा ब्लड बैंक खोल्न सकिने दाबी पनि गरे । स्वयंसेवी रक्तदाताहरुको योगदानप्रति सरकारको चासो नदिनु दुखदायी भएको भन्दै जनप्रतिनिधिहरु थोरै भएपनि रगत अभियानमा लाग्न सुझाव दिए । अबको सरकारले रगत निशुल्क नगरे बजेट पछि आफू अनसन बस्ने उनले चेतावनी दिए ।

कार्यक्रममा पुर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक÷पुर्व सभासद भिक्षु आनन्द, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, पत्रकार महासंघका बिक्रम खड्का र रामराज पोखरेल लगायतले रक्तदान जस्तो पुण्य अभियान सरकारबाट गरिनुपर्ने काम एउटा संस्थाबाट चलाएर समाज रुपान्तरणमा सहयोग गरेको बताए ।

अधिवेशनका संयोजक कृष्ण चौहानले बिस २०६२ सालमा स्थापना भएको संस्थाको चौथो अधिवेशन पहिलोपटक काठमाण्डौ उपत्यका बाहिर गरिएको उनले बताए ।

समाजको ३४ जिल्ला शाखा, नगरपालिका, गाउपालिका, वडा ईकाई गरि ७७ वटा गठन भएर सेवामा जुटेका छ । दुई दिनसम्म चल्ने अधिवेशनमा ३४ जिल्लाबाट ९० जना सहभागी छन ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : ०९ बजे

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको