६ माघ २०८२, मंगलबार | January 20, 2026

नेपाल स्वयमसेवी रक्तदाता समाजको अध्यक्षमा कर्माचार्यको निरन्तरता



बुटवल । केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई केन्द्रीय अध्यक्षमा निरन्तरता दिँदै नेपाल स्वयमसेवी रक्तदाता समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको अधिवेशनले अध्यक्षमा पुनः कर्माचार्यलाई निर्विरोध निर्वाचित गरेको हो ।

समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले उपाध्यक्षमा ध्रुव थपलिया (चितवन), महासचिवमा कृष्ण चौहान क्षेत्री (रुपन्देही), सचिवमा तिर्थराज अवस्थी (कास्की) र कोषाध्यक्षमा प्रतिमा लामा (रसुवा)लाई निर्वाचित गरेको छ ।

त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सदस्यहरुमा विमलकुमार भित्रकोटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गोविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता रहेका छन् ।

अधिवेशनको आजै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरेका थिए । बिस २०६२ सालमा स्थापना भएको संस्थाको चौथो अधिवेशन पहिलोपटक काठमाण्डौ उपत्यका बाहिर बुटवलमा आयोजना गरिएको थियो ।

समाजको ३४ जिल्ला शाखा, नगरपालिका, गाउपालिका, वडा ईकाई गरि ७७ वटा शाखा संचालनमा रहेका छन् । अधिवेशनमा ३४ जिल्लाबाट ९० जना सहभागी थिए।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ०० बजे

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी