९ मंसिर २०८३, बुधबार | November 25, 2026

‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव



दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् ।

दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताए । “दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत ग¥यो पुनः बिग्रिन्छ”, उनले भने, “सोलारमा समस्या आएपछि पर्याप्त पानी आएको छैन ।”

सोलारमा समस्या आउँदा घर-घरमा वितरण गरिएको धाराबाट पर्याप्त पानी आएको छैन । यसका कारण स्थानीयवासी पँधेरामा पुगेर डोकोमा बोकेर पानी ल्याउन बाध्य छन् । उनका अनुसार स्थानीयवासी घरबाट आधा घन्टाको दूरीमा रहेको पँधेराबाट पानी ल्याउन बाध्य छन् । “पानी पर्याप्त नआएका कारण बिहानै उठेर पँधेरामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ”, उनले भने, “उक्त पँधेरा धेरै वर्ष पुरानो हो, खानेपानी योजना बन्नुभन्दा पहिला यहाँका स्थानीयले त्यहीँको पानी उपभोग गर्दथे ।”

स्थानीय कमला थापाका अनुसार पानीको अभाव भएपछि बिहानै उठेर पँधेरामा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले सोलारमा समस्या आउँदा सास्ती भएको उनको गुनासो छ । दगाममा ४१ घरधुरी छ । अहिले सबै घरमा खानेपानी योजनाबाट पर्याप्त पानी आएको छैन ।

“सोलार प्यानलका बारेमा हामीहरूलाई पनि धेरै ज्ञान छैन, बिग्रिएको बेला प्राविधिक आएर बनाइदिन्छन्, केही समयपछि फेरि बिग्रिन्छ”, उनले भने । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेबजारबाट सात किलोमिटर दूरीमा दगाम गाउँ छ । यो गाउँ मह उत्पादनका लागि पनि प्रख्यात छ । यहाँका स्थानीयवासी घरबास सञ्चालनमा समेत लागेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ३२ बजे

Your email address will not be published.

जलन उपचारका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ संचालन

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले संयुक्तरुपमा बर्न

न्यू होराइजनको ३३ औँ प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता मंसिर ११ देखि

बुटवल । न्यू होराइजन माध्यमिक विद्यालय, बुटवलले ३३ औँ प्रदेश

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५.०८ प्रतिशत

काठमाडौ । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनासम्ममा

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

अमेरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ

‘पटकपटक होइन, सामूहिक गिरफ्तार गर’ भन्दै पत्रकार धर्नामा

काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै बुधबार